• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माधव नेपाल भन्छन् : देशको राजनीतिमा एकीकृत समाजवादीको भूमिका बेग्लै छ

    1.7K
    SHARES



    काठमाडौँ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको बताए ।

    पार्टी केन्द्रीय कार्यालय मीनभवनमा रौतहट-काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको समसामयिक राजनीतिक विषयमा प्रशिक्षण तथा सम्मान कार्यक्रममा नेपालले इमानदारिता, निष्ठा र समर्पण भावले राजनीति गर्नुपर्नेमा जोड दिए ।

    नेपालको राजनीतिका साथै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उनको तर्क रहेको छ ।

    ‘नेपाली राजनीतिमा देखापरेका विकृति, विसंगतिविरुद्ध जुध्ने संकल्पमा हामी प्रतिबद्ध छौँ । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको महान् अभियान चलाउँदै नेपाली नमुनाको समाजवादमा अनेक अवरोध रहेका छन् ।

    स्वयं सत्तामा बस्नेहरू नै अवरोधका रूपमा रहेका छन्,’ उनले भने, ‘ती विकृतिमा हामी पनि विभिन्न हिसाबले मुछिने गरेका छौँ । ती सबै विकृतिबाट मुक्त भएर हामीले उदाहरणीय काम गरेर दुनियाँसामु हाम्रो शिर ठाडो पार्ने गरी अघि बढ्नुपर्छ ।’

    नेपालले कामको प्रचारमा पनि ध्यान दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘आन्दोलनको प्रतिष्ठा बढाउने गरी जनताको आकर्षणको केन्द्र हामी नै हुन्छौँ । हामीले त्यस ढंगले काम गरेका छौँ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ