• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जडिबुटी मिसाएको खानेकुरा खाएर जुम्लामा १ जनाको मृत्यु, ३ बिरामी

    889
    SHARES



    जुम्ला । चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । ३ जना बिरामी भएका छन् ।

    मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी रहेका छन् । बिरामीमध्ये तिल रोकाया घर धनी हुन् भने अरू सबै उनको घर बनाउन लागेका मिस्रीहरु हुन् ।

    गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरुलाई तत्कालै कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि स्थानीय भैरबहादुर धरालाले बताए ।

    उनले गेडागुडीमा हालिएको जडिबुटीमा विष परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य ३ जना होसमा आइसकेका छन् । उनीहरुको आईसियुमा राखेर उपचार भइरहेको डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया