• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कारदिने निर्णय

    1.2K
    SHARES


    मुगु। अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनबापत १ लाख पुरस्कार दिने छायानाथरारा नगरपालिकाको निर्णय छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो ।

    कार्यपालिका बैठकले दलित हकअधिकारका लागि नीति-२०७९ पारित गर्दै उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरे प्रोत्साहनस्वरूप पुरस्कार दिने घोषणा गरेको हो । जातीय विभेद अन्त्य गरी पिछडिएका दलित वर्गको हकअधिकार सुनिश्चित गर्न नीति पारित गरिएको नगरप्रमुख विष्णुकुमार भामले बताएका छन् ।

    ‘यसले उमेर पुगेर मात्र विवाह गर्न र अन्तरजातीय विवाह गर्न प्रोत्साहित गरेको छ,’ उनले भने, ‘हामीले जातीय समानता ल्याउन पनि यो निर्णय गरेका हौं ।’

    नगरप्रमुख भामले नगरपालिकामा बसोबास गर्ने करिब १३ सय दलित घरधुरीलाई आयआर्जन तथा सीपमूलक तालिम सञ्चालनका लागि नगरले विभिन्न एक दर्जन योजना पनि अघि सारेको बताएका छन् ।

    ‘अन्तरजातीय विवाह गरेकै आधारमा युवायुवती घरपरिवारबाट विस्थापित हुनुपरेको छ,’ उनले भने, ‘उनीहरू सामाजिक रूपमा अझै अपमान सहन बाध्य छन्, यो अवस्थाको अन्त्य गर्न पनि प्रोत्साहनको कार्यक्रम अघि सारिएको हो ।’

    नगरले पारित गरेको निर्णय स्वागतयोग्य भएको दलित अधिकारकर्मीको भनाइ रहेको । यो निर्णय कागजमा मात्र नभएर व्यवहारमा लागू गर्न जरुरी रहेको अधिकारकर्मी जर्मन नेपालीले बताए ।

    उनका अनुसार जिल्लामा झन्डै ५ प्रतिशत अन्तरजातीय विवाह हुने गरेको छ । ‘यो निर्णयले जातीय सद्भाव कायम गर्नेछ भने अन्तरजातीय विवाह गर्नेलाई जीविकोपार्जनमा थोरै भए पनि सहयोग गर्नेछ,’ उनले भने, ‘आपसी सहअस्तित्व र सम्मान पनि बढाएको छ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ