• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राष्ट्रपतिको घर खानतलासी, थप ६ वटा गोप्य दस्ताबेज भेटिए

    1.1K
    SHARES


    काठमाडौँ। युएस डिपार्टमेन्ट अफ जस्टिस (डीओआई) ले अमेरिकी राष्ट्रपति जो बाइडेनको डेलावरस्थित घरमा खानतलासी गर्दा थप ६ वटा गोप्य दस्ताबेज फेला पारेको छ ।

    १३ घण्टासम्म चलेको खानतलासीका क्रममा थप ६ वटा गोप्य दस्ताबेज फेला परेको बाइडेनका एक वकिललाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

    त्यसैगरी, डीओआईले विलमिङ्टनमा रहेको घरबाट सिनेटर तथा पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उप-राष्ट्रपति हुँदा राखिएका अन्य गोप्य दस्ताबेज पनि फेला पारेको छ ।

    वकिल बाइडेनका व्यक्तिगत हस्तलिखित दस्तावेज तथा अन्य दस्ताबेज पनि नियन्त्रणमा लिइएको छ । तर खानतलासीका क्रममा बाइडेन र उनकी श्रीमती भने घरमा नरहेको बीबीसीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ