• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    झुप्राखोलामा गाडी दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु, एक जना घाइते

    1.5K
    SHARES



    काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलामा दुर्घटना भएको हो । गाडी सडकबाट ७०/८० मिटर तल खसेको छ ।

    दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।

    दुर्घटनापछि उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताएका छन् ।

    घाइते भएका दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया