• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सामान्य विवादमा चक्कु प्रहारका घटना बढ्दै, हेटौंडामा फेरि चक्कु प्रहार

    808
    SHARES



    काठमाडौँ। मकवानपुरको हेटौंडामा एक किशोरलाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका १७ राजदेवीमा मादक पदार्थ सेवन गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

    हेटौंडामा पछिल्ला महिनामा सामान्य भनाभनका घटनामा पनि शरीरमा गहिरो चोट लाग्ने गरी चक्कु प्रहार गर्ने गरिएको भेटिन थालेको छ ।

    आज दिउँसो मादक पदार्थ सेवन गरेका युवाहरूले साइकलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हेटौंडा-४ कमलडाडा बस्ने अन्दाजी १८ वर्षीय जोधाकुमार सहनिलाई चक्कु प्रहार गरेका थिए ।

    लुट्ने प्रयास स्वरूप सहनिलाई मादक पदार्थ सेवन गरेका हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौंडा ९ लामसुरे बस्ने अन्दाजी १९ वर्षीय शुशिल मोक्तानले चक्कु प्रहार गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

    चक्कु प्रहार गरी फरार रहेका दुवै जनालाई वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक केशरकुमार न्यौपाने नेतृत्वकाे टोलीले हेटौंडा १७ सिसौघारीबाट चक्कुसहित पक्राउ गरेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ