काठमाडौँ। ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तयारी पूरा भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आइतबार एक समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जनाए ।
प्रतियोगिताको पहिलो दिन तीन खेल हुने आयोजकले जानकारीगराएको हो। उद्घाटन अघिको पहिलो खेल महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने छन् भने पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच प्रतिष प्रधा हुनेछ ।
उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसका बीच उद्घाटन खेल हुने भएको छ ।
प्रतिक्रिया