• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भैँसेपाटीमा आगलागी, १ को मृत्यु

    1.2K
    SHARES



    ललितपुर। ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा आज आगो लागेर एक जनाको मृत्यु भएको छ ।

    यहाँको फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ । घटनाको विषमया अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।

    यसैबीच प्रहरीले ललितपुरकै महाँकाल गाउँपालिका-१ टुङ्गुनस्थित विमिरे जङ्गलबाट भरूवा बन्दुक बरामद गरेको छ ।

    उक्त जङ्गलमा बन्दुक पड्केको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टुङ्गुनबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारेको हो ।

    उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ