काठमाडौँ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६३ वर्षीय छबिलाल गुरुङलाई आज प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका-९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया