• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १ सय ६६ सांसदको समर्थनमा रास्वपाकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

    1.1K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् ।

    शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा रानाको पक्षमा १६६ जना सांसदले मत दिएका हुन् । उनकी प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिएकी कांग्रेसकी मुक्ताकुमारी यादवले भने ९७ मत मात्रै पाइन् ।

    प्रतिनिधि सभामा कूल २७५ सांसद मध्ये २६४ सांसद उपस्थित भएका थिए । राना सत्तागठबन्धनको सझा उम्मेदवार रहेकी थिइन् । सभामुख देवराज घिमिरेले सबैभन्दा पहिला रानाको उम्मेदवारीलाई सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए ।

    मत विभाजनको क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि उनको प्रर्तिस्पर्धी रहेकी कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपरेन ।

    सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेकी रानालाई सत्ता गठबन्धनको तर्फबाट रास्वपा सांसद सोविता गौतमले उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेकी थिइन भने एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी सांसद नारायणी शर्मा र राप्रपा सांसद राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया