• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सालको काठसहित विशाल पक्राउ

    2.1K
    SHARES



    महोत्तरी। प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । शुक्रबार महोत्तरीको बर्दिबासस्थित वडा न.१४ को भित्रि सडकबाट ट्याक्टरमा लोड गरेर लैजाँदै गर्दा ७९.१ क्युफिट सालको काठ बरामद गरेको हो ।

    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीले २-०३-००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठसहित उक्त ट्याक्टरका चालकलाई पनि पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा वडा न.१४ का २३ वर्षीय विशाल मगर छन् । उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाँडाले जनाएको छ ।

    त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ ।

    त्यसका लागि उपमहानगरपालिकाको छैटौँ कार्यपालिका बैठकले ठेक्का दिने गरी प्रक्रिया अगाडि बढाएको छ ।

    बैठकले यसका लागि विपद् व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर-६ का वडाध्यक्ष वर्षात भण्डारीको नेतृत्वमा कार्यदल बनाएको छ । त्यो कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

    “हामीले यसमा छानबिन गरिरहेका छौँ”, भण्डारीले भने, “अहिले जिम्मा दिने कुरा छैन, कार्यदलले प्रतिवेदन तयार पारेपछि त्यहीअनुसार नै हामी अघि बढ्छौँ ।” उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पनि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया