• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मलेसियामा बन्धक बनाइएका थप १२ जना फर्किए स्वदेश

    1.1K
    SHARES



    काठमाडौँ। मलेसियामा बन्धक बनाइएका थप १२ जना पनि स्वदेस फर्किएका छन् ।

    नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो ।

    शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन् । उनीहरू आफैले विमान भाडा बेहोरेर फर्किएका हुन् ।

    रोजगारीका सिलसिलामा मलेसिया पुगेकाहरू पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएका थिए । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामको सिलसिलामा पुगेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया