पूर्वी नवलपरासी। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा शुक्रबार दुईवटा गैंडा सिकारीले मारेको भेतिएकोप छ ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैंडा मारेको अवस्थामा भेटिएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार गैंडा मारिएको स्थानमा विद्युतीय तारसमेत फेला परेकाले करेन्ट लगाएर मारिएको हुनसक्ने अनुमान छ ।
एउटा गैंडाको खागसमेत चोरी भएका कारण चोरी सिकारी समूहले गैंडा मारेको हुनसक्ने प्रहरी र स्थानीयहरूको अनुमान रहेको छ ।
मरेकामध्ये माउ गैंडाको बहुमुल्य खाग चोरी भएको छ भने सानो गैंडाको खाग सुरक्षित भेटिएको छ । घटनाका बारेमा चितवन निकुन्जले आवस्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
राष्ट्रिय निकुन्ज क्षेत्र आसपासमा यसअघि पनि बहुमुल्य खाग तस्करीका लागि सिकारी समूहले गैंडा मार्ने गरेका अनुसन्धान बाट खुलेको छ ।
प्रतिक्रिया