• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सेना दिवसको अवसरमा उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक पुरस्कृत

    881
    SHARES



    काठमाडौँ। नेपाली सेनाले सेना दिवसको अवसरमा उत्कृष्ट फोटो खिच्ने युनिट र गैरसैनिकलाई पुरस्कृत गरेको छ । फोटो प्रतियोगितामा सेनाको नम्बर-१४ बाहिनी अड्डा प्रथम भएको छ ।

    २६० औं सेना दिवशको अवसरमा आयोजित फोटो प्रतियोगितामा विकास निर्माण निर्देशनालय दोस्रो र दुर्गाबक्स गणले तेस्रो स्थान हाँसिल गरेका छन् ।

    गैह्रसैनिक तर्फ संजोग बुढाथोकी प्रथम र फोटो पत्रकार वर्षा शाह द्धितिय भएकी छिन् । राष्ट्रिय समाचार समितिमा कार्यरत फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठले पनि उत्कृष्ट फोटो पत्रकारको पुरस्कार प्राप्त गरेका छन् ।

    प्राविधिक सुवेदार राजेश केसीले लिएको फोटो वर्षको उत्कृष्ट फोटोमा छनोट भएको छ । शुक्रवार जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणाले फोटो प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गरेका हुन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया