खोटाङ। शृङ्खलाबद्ध चोरीमा संलग्न तीन जना खोटांगबाट पक्राउ परेका छन् । दुई वटा घरबाट नगद, सुन, चाँदी, पुरानो सिक्का लगायतका सामान चोरीमा संलग्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका १९ वर्षीय कृष्ण विक, ३९ वर्षीय पर्शुराम विक र दिक्तेल-४ खाल्लेका २२ वर्षीय इन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्तहरूमाथि गएकाे मङ्सिर १३ गते दिक्तेल-५ लफ्याङका देवराज घिमिरेको घरबाट पाँच लाख ७१ हजार रुपैयाँ बराबरको सामान र मङ्सिर २० गते दिक्तेल-२ सोल्माकी शान्ता राईको घरबाट तीन लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोग रहेको छ ।
घिमिरे र राईको घरमा चोरी भएपछि दोषीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका अधारमा अनुसन्धान गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक पर्शुराम राईले जानकारी दिएका छन् । अभियुक्तविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया