काठमाडौं । तीब्बतको एक सुरुङमार्गबाहिर हिमपहिरो जाँदा सुरुङमा फसेर ८ जनाको ज्यान गएको छ ।
मंगलबार बेलुकी न्याङ्ची सहर जोड्ने सुरुङबाहिर हिमपहिरो गएको हो । बाहिर गएको पहिरोले सुरुङबाट निस्किने बाटो बन्द गर्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।
एकदिन ढिलोगरी सार्वजनिक गरिएको समाचारमा कम्तिमा आठ जनाको मृत्यु भएको बताउँदै कतिजना बेपत्ता छन् भन्ने एकिन भइनसकेको जनाइएको छ ।
अहिले पनि खोज्ने र उद्धार गर्ने अभियान चलिरहेको बताउँदै अन्तिम तथ्यांक दिन नसकिएको उल्लेख गरिएको छ ।
केन्द्र सरकारले आफतकालीन प्रबन्ध मन्त्रालयलाई सहयोगका लागि निर्देशन पनि दिएको छ । उक्त मन्त्रालयले १ सय ३१ जना उद्धारकर्ता पठाएको छ । २८ आपतकालीन उद्धार बाहन पठाइएको छ ।
न्याङ्ची सहर ९ हजार ९ सय ७४ फिट उचाइमा रहेको छ । तीब्बतको राजधानी ल्हासाबाट पाँच घन्टामा त्यहाँ पुगिने उक्त्त रुट सन् २०१८ मा खोलिएको थियो ।
प्रतिक्रिया