• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सत्तारुढ गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने चन्द्र भण्डारीको भनाई

    1K
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताए । सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादीसहितका आफूहरूको गठबन्धन टुटाएकाले अब आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वाभाविकै भएको तर्क समेत गरे ।

    सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि स्पष्ट पारे ।

    उनले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि । पहिला हामी माओवादी सहित ४ वटा पार्टी गठबन्धनमा गयौं ।

    सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन नि । त्यो निरन्तर प्रक्रिया हो । यो राजनीतिमा आउने स्वाभाविक प्रक्रिया हो ।

    त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अव मिसन राष्ट्रपति पनि हुन्छ । मिसन गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि ।’ सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भईरहने पनि बताए ।

    यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् । प्रस्तावको विपक्षमा २८ मत परेको हो ।

    विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा कांग्रेसका सांसदले मात्र मत दिएका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया