• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राजधानीमा तीन जनाकाे साथबाट ७ सय ३१ थान पासपाेर्ट बरामद

    2K
    SHARES


    काठमाण्डाै। काठमाण्डाै महानगरपालिकाकाे वडा नम्बर २६ गोङ्गबुमा रहेकाे दुई वटा होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी (पासपाेर्ट) बरामद गरेको छ ।

    गाेङ्गबुकाे वीरेन्द्र ऐश्वर्य मार्गमा रहेकाे होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भइ टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    होटलमा शङ्कास्पद व्यक्ति रहेका भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो । टोलीले होटेल सोनाबाट शङ्कास्पदरूपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गए राति पक्राउ परेका उनीहरूका सम्बन्धमा प्रहरीबाट आवस्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ