काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले २०४७ सालपछि उच्च ओहदामा बसेका सबैको सम्पत्ति यहि सदनले छानविन यहि सदनले गर्नुपर्ने बताए ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले अहिले पनि भ्रष्टाचारका कुरा धेरै गरिए पनि काम गरेर देखाउनुपर्ने बताए । ‘अहिले पनि हामीले भ्रष्टाचारका धेरै कुरा गरिरहेका छौ ।
२०४७ सालदेखि अहिलेसम्म उच्च ओहदामा बसेका सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानविन यही सदनबाट गर्नका लागि सभामुखले सहयोग गर्नुहुनेछ भन्ने आशा गर्छु’ शाहीले भने ।
उनले वर्तमान संविधानको काम नभएको पनि बताएका छन् । ‘आज हामीले बनाएको संविधान जनताका दैनिक जीवनसँग जोडिए कि जोडिएनन् ? यो सदनभित्र वाइडबडी, एनसेल, मेलम्चीजस्ता भ्रष्टाचारका काण्डमा अघिल्ला सभामुखले कुरा उठाएकी उठाएनन् ?
यो विषयबस्तु बनेको छ’, शाहीले प्रश्न गर्दै भने, ‘आज हामी सदनमा आइरहँदा हामीजस्ता हजारौ युवाहरु अर्काको देशमा काम गर्न बाध्य रहका छन् । सरकार प्रमुख र माननीहरुले लगाएको कोटमाथिको संसदको चिन्हलाई पनि हेरेर गौरव गर्नुपर्ने त्यति धेरै कारण देख्दिनँ ।’
उनले सरकारमाथि सरकार बनिरहेका तर खाडीमा तड्पिरहेका युवाहरुका बारेमा कसैले निर्णय नगरेको बताए । ‘आदेशमाथि आदेश र परमादेशमाथि परामादेश होइन र राजनीतिका लागि जीवन होइन, जीवनका लागि राजनीति गर्न आवश्यक छ’, शाहीले भने ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले अहिलेको अर्थतन्त्रमा व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । संसदमा बोल्दै सापकोटाले अहिलेको सरकार जनचाहना अनुसार अघि बढेपनि अर्थतन्त्रमा व्यापाक सुधार गर्नुपर्ने औंल्याएइका हुन् ।
‘अहिलेको सरकार जनअपेक्षा अनुसार कामगरी युवा पुस्तालाई आशावादी बनाउँदै देशको समृद्धि हासिल गर्दैै मजबुत बनाउनुपर्ने आजको आवश्यकता हो’ सापकोटाले भने, ‘तातोपानी नाकालाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा आयत र निर्यातलाई नियमत गर्न सकेमा देशको अर्थतन्त्र दरिलो बनाउन सहयोग पुग्नेछ । त्यसैले यसमा सरकारको प्राथमिकतमा हुनुपर्छ ।’
ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी मार्गलाई यो सरकारले राम्रोसंग बुझेको बताउँदै सापकोटाले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् । यस सभाका सदस्य देवराज घिमिरे योग्य र सक्षम व्यक्ति भएकाले सभामुखमा सबैलाई मतदान गर्न सापकोटाले आग्रह गर ।
प्रतिक्रिया