• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राजनीतिक कोर्ष अघि बढाउन काँग्रेस असफल भएको योगेश भहट्टराइको भनाई

    546
    SHARES


    काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसक्दा एमालेले अग्ररता लिएको बताए ।

    उनले पौष १० गते अपरान्हसम्म राष्ट्रपति र सभामुख पनि एमालेले नमागे पनि कांग्रेसले पहल नगर्दा एमालेको अग्रसरतामा नयाँ राजनीतिक कोर्षको सुरुवात भएको बताए । बिहीबार प्रतिनिधिसभाको सभामुखका उम्मेदवार देवराज घिमिरेको प्रस्तावको पक्षमा बोल्दै उनले पुस १० मा बदलिएको राजनीतिक कोर्ष ५ वर्षसम्म जाने बताएका हुन् ।

    ‘हामीले यो एउटा राजनीतिक कोर्ष हो, जाओस् ठिकै छ भन्यौं । त्यसबेलासम्म हामीले हाम्रो दल प्रतिपक्षमा बस्छ र भूमिका खेल्छ भनेका थियौँ’, भट्टराईले भने, ‘तर जसले त्यो राजनीतिक कोर्ष अगाडि बढाउनुपर्थ्यो, उहाँहरु असफल हुनुभयो ।’

    उनले एमाले यो संविधानलाई धरापमा पर्न नदिन अग्रसर भएको पनि बताए । ‘ हाम्रो पार्टी अध्यक्षले अग्रसरता लिएर नयाँ राजनीतिक कोर्ष निर्माण भएको छ । यो राजनीतक कोर्ष एउटा कक्षामा एउटा कोर्ष पढाई हुन्छ । त्यो शैक्षिकसत्र नसकिदै अर्को कोर्ष बदलिदैन’, सांसद भट्टराईको भनाइ छ ।

    उनले भने, ‘यो प्रतिनिधिसभाको कोर्ष ५ वर्ष हो । पौष १० गते बनेको राजनीतिक कोर्ष ५ वर्षको शैक्षिक सत्र हो । त्यो समयसम्म कायम रहन्छ ।’ उनले नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसले भन्दा एमालेलाई बढि दिने गरेको समेत बताए ।

    यस्तै, नेकपा एकीकृत समाजवादीले विपक्षी गठबन्धनबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गरे । सरकारले सहमति गर्न नचाहेकाले आफुहरुले विपक्षी गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेलाई मत दिनुपर्ने अवस्थामा आएको सो पार्टीले जनाएको छ ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सो पार्टीका नेता राजेन्द्र पाण्डेले न्यौपानेको पक्षमा मतदान गर्ने बताए । ‘म आज यो आधा आकाशको प्रतिनिधित्व गर्ने ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् र सबै माननीय सदस्यको पनि मत रहोस भन्न चाहान्छु’, पाण्डेले न्यौपानेको पक्षमा मत माग्दै भनेका हुन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ