काठमाडौँ। प्रतिनिधिसभाको सभामुख चयनको प्रकृया बानेश्वर संसाद भवनमा जारि छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा आज सभामुख चयनका लागि मतदानको कार्यसूची रहेको छ ।
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई प्रस्ताव गर्दा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले समर्थन गरेका छन् ।
त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्यौपानेलाई प्रस्ताव गर्दा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाको पनि समर्थन रहेको छ ।
प्रतिक्रिया