काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद संसद् भवन आएको भन्दै गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार सभामुखको निर्वाचनको कार्यक्रम सुरु हुनुअघि उनले सभाध्यक्षको ध्यानाकर्षण गराउँदै हत्या अभियोग लागेका सांसदलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग गरेका हुन् ।
उनले त्यस्ता सांसदलाई पक्राउ गरी सदनलाई जानकारी गराउन पनि माग गरेका छन् । एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोमाथि हत्या अभियोग लागेको छ ।
त्यस्तै लुम्बिनी प्रदेश सभाको चौँथो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन् ।
पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।
प्रतिक्रिया