• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    इसा अवार्ड पाउँदा जीवनको एउटा तपस्या सफल भएको महसुस भएको छ : डा.सन्दुक रुइत

    1.4K
    SHARES



    काठमाडौं । विगत ३५ वर्षदेखि आँखा उपचार गरिरहेका डा. सन्दुक रुइतको नाम नसुन्ने सायदै कोही होलान् । आँखाको ज्योति गुमाएका एक लाख ८८ हजारलाई सुन्दर संसार देखाउन सफल यी डाक्टरलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरियो ।

    बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो । तर, १० लाख अमेरिकी डलर ९१३ करोड रुपैयाँको अवार्ड डा. रुइतले पाए ।

    अवार्ड घोषणा हुँदा सुरुमा उनलाई विश्वास लागेन । आफूलाई पूर्ण रुपमा आँखा उपचारको क्षेत्रमा समर्पित गरेका उनलाई जिन्दगीभरिको तपस्या फलिभूत भएको महसुस भयो । उनलाई लाग्यो, ‘मेरो एकोहोर काम गराइलाई संसारले नियालेर हेरेको रहेछ ।’

    यो अवार्डले एउटा नेपालीले यस्तो काम पनि गर्दो रहेछ भनेर चिनाएको उनी बताउँछन् । विश्वसामु नेपालीको आत्मसम्मान र प्रतिष्ठानलाई केही माथि उठाउन यस अवार्डले सहयोग गर्ने उनको धारणा छ ।

    उनी यो आवार्डलाई आफ्नो जीवनकै कमाइ ठान्छन् । तर, आफूले जति मेहनत विदेशीले गरेको भए उसले पहिले नै अवार्ड जितिसक्ने समेत उनले बताए । ‘नेपाली भएकाले नै अवार्ड पाउन यत्रो समय लाग्यो,’ उनले भने, ‘विश्वसामु अन्धोपन निवारणमा नेपाल अब्बल छ भन्ने कुरामा कुनै द्विविधा नरहेको कुरालाई यसले सावित गरिदिएको छ ।’

    इसा अवार्डका लागि आफ्नो नाम पनि छनोट भएको केहीअघि सुइँको पाएको पनि उनले बताए ।   ‘यो कुनै सानोतिनो अवार्ड होइन, यसले नेपालको चिनारी र आत्मसम्मानलाई कति माथि लगेको छ भनेर बुझ्न आवश्यक छ,’ उनले भने ।

    ‘म हेरिरहेको छु, राज्यले मलाई कसरी रेस्पोन्स गर्छ,’ उनी भन्छन् ‘यो निकै रोचक कुरा हो । अर्को हप्तासम्म वा केही समय कुरौँ ।’ अझै पनि आँखा उपचारको पहुँच नपुगेका ठाउँमा सेवा पुर्याउन निरन्तर प्रयास गरिहेको उनले बताए ।

    नेत्र उपचार सेवालाई नाफारहित बनाएर लैजाने यो सुनौलो अवसर पनि भएको उनी बताउँछन् । उनले विश्वभर आँखाको शल्यक्रिया शिविर चलाइरहेका छन् । जसअन्र्तगत नेपालमा १२ महिनाभित्र २५ हजार जनाको आँखाको शल्यक्रिया गरिसकिएको छ । अब इन्डानेसिया र लाओसमा शिविर सञ्चालन गर्ने योजना रहेको उनले उनले बताए ।

    आवार्डका लागि रुइतको नाम घोषणा भएसँगै आफूमाथि थप जिम्मेवारी थपिएको आफुले महसुस गरेको उनि बताउ छन्उ । नेपालका पँहुच नपुगेका ठाउँमा आँखाको स्तरीय सेवा सर्वसुलभ बनाउन अझै खट्ने उनले बताए । त्यस्तै, नेपालमा डा.रुइतको टिमले बनाइरहेको आँखाको लेन्स अहिले वर्षमा तीन लाख जति विदेश पठाइन्छ । तर अब त्यसलाई बढाएर वर्षमा १० देखि १५ लाख पठाउने उनको योजना छ ।

    त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इसा अवार्ड जितेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन् । प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ ।’

    प्रधानमन्त्री प्रचण्डले राज्यसँग रुइतले गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका हुन् । ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’ प्रचण्डले भनेका छन् । इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज पनि उठिरहेका छन् ।

    तर, त्यसबारे भने आफू इच्छुक नभएको डा.रुइतको भनाइ छ । ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छु, उनले भने, ‘भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया