• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    डा. सन्दुक रुइतले गरेका अपेक्षालाई राज्यले गम्भीरतापूर्वक लिनेछ : प्रधानमन्त्री प्रचण्ड

    1.2K
    SHARES


    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इसा अवार्ड जितेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन् ।

    प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ ।’ अवार्ड घोषणापछि बुधवार तिलगंगा आँखा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुइतले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको बताएका थिए ।

    प्रधानमन्त्री प्रचण्डले राज्यसँग रुइतले गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका हुन् । ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’ प्रचण्डले भनेका छन् । इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज पनि उठिरहेका छन् ।

    तर, त्यसबारे भने आफू इच्छुक नभएको उनको भनाइ छ । ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छु, उनले भने, ‘भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।’

    आँखाको ज्योति गुमाएका एक लाख ८८ हजारलाई सुन्दर संसार देखाउन सफल यी डाक्टरलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरिएको हो । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो । तर, १० लाख अमेरिकी डलर (१३ करोड रुपैयाँ) को अवार्ड डा. रुइतले पाएका छन्।

    नेपालमा डा रुइतको टिमले बनाइरहेको आँखाको लेन्स अहिले वर्षमा तीन लाख जति विदेश पठाइन्छ । तर अब त्यसलाई बढाएर वर्षमा १० देखि १५ लाख पठाउने उनको योजना रहेको छ । अवार्डमा पाएको रकम कहाँ खर्च गर्ने भन्नेबारे अहिले नै योजना नभएको पनि उनले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया