• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धौलागिरी क्षेत्रमा बेपत्ता सोलुका कार्कीको शव ३ महिनापछि भेटियो

    1K
    SHARES


    सोलुखुम्बु। धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेल बोगलका २७ वर्षीय बाल कुमार कार्कीको शव ३ महिनापछि भेटिएको छ ।

    गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर वेपत्ता भएका कार्कीको शव मंगलबार फेला परेको हो ।

    हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्य बहादुर बस्नेतले बताएका छन् । उनको शव हेलिकप्टर मार्फत पोखरा ल्याई त्यहाँबाट गाडी मार्फत काठमाण्डौ ल्याइएको छ ।

    शवलाई हाल पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । फुल सिजनल माउन्टेन ट्रेक्स प्रा.लि.बाट पदयात्रामा निस्किएका गाईड कार्की बेसक्याम्पको खरपासमा खसेर वेपत्ता भएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ