• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आजको मौसम : पश्चिम नेपालमा हिमपातसँगै वर्षाको सम्भावना

    873
    SHARES



    काठमाडौं । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो ।

    खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार शुक्रबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुनेछ ।

    यसपटक हिउँद सुरु भएदेखि अहिलेसम्म पानी परेको छैन । पहाडी क्षेत्रमा आकाशे पानीको भरमा खेती लगाएका किसानहरू चिन्तित छन् । उनीहरूले वर्षा पर्खिरहेका छन् ।

    आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागिरहेको छ । जसका कारण तराईको जनजीवन प्रभावित भएको छ । हुस्सु र कुहिरोले सडक र हवाई यातायात पनि प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ