• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    क्यानाडा पठाउने प्रलोभनमा एक पाकिस्तानीलाई नेपाल ल्याएर छाडिएपछि…

    821
    SHARES


    काठमाडौं। क्यानाडा जाने तयारीमा रहेका पाकिस्थानी नागरिक मोहम्मद सामिखान नेपालमा अलपत्र परका छन् । आवश्यक कागजात सहित नजिक र चिनजानकै साथीमार्फतमुहमद रासिदको समुहसंग छलफल गरे ।

    रासिदको समूहले खानलाई नेपालबाट क्यानाडा भिसा प्रक्रिया सजिलो छ भन्दै प्रलोभनमा पारे । सबै प्रक्रिया काठमाडौबाट पुरा हुन्छ भन्दै उनीहरुले आश्वासन दिए। नेपालको भिजिट भिसामा सामीलाई काठमाडौं पठाए। नेपालबाट क्यानाडा भिसा लगाउन सजिलो भनेर खुसी हुँदै आएका उनी काठमाडौं आएपछि समस्यामा परे ।

    क्यानाडा जान भन्दै नेपाल आएका उनले २५ लाख ६६ हजार ६९७ रुपैयाँ गुमाए। योसँगै एजेन्टको समूहले उनलाई अपहरण गरी होटलमा थुनेर पैसा लिएपछि सिनामंगलको बाटोमा ल्याएर छाडिदिए ।

    उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार मोहम्मद सामी खानलाई अपहरण गरी फिरौती लिने तथा शरीर बन्धक बनाउने कसुरमा ३ जना पाकिस्तानी नागरिक प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा पाकिस्तान कसुरका ३० वर्षीय मुहम्मद रासिद, पाकिस्तान लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ, पाकिस्तान पाक्पातनका ३५ वर्षीय मुहम्मद फिदा हुसैन छन् ।

    कोइराला भन्छन्, ‘सामी खानलाई ठगी गर्नकै लागी उनीहरुले नेपाल पठाएका थिए। नेपालबाट भिसा प्रक्रिया छिटो र सजिलो छ भन्दै झुक्काएर उनलाई काठमाडौं बोलाई अपहरण गरेका हुन् ।’

    गत पुस २४ गते सामीलाई बायोमेट्रिक लगायतको प्रक्रिया भन्दै अपहरणकारीको समूहले ठमेलको होटलबाट ट्याक्सीमा राखेर बुढानिलकण्ठस्थित एक भाडाको घरमा पुराएर बन्धक बनाएको कोइरालाले बताए। आँखामा पट्टि लगाएर, हातखुट्टा बाँधेर, पीडितका भाइलाई फोन गरी पैसा माग गर्दै म्यासेज गरेको पाइएको उनले जानकारी दिए।

    एजेन्डहरूले घरमा फोन र म्यासेज गरी क्यानाडाको फ्लाइट छ, फोन अफ हुन्छ पुगेपछि फोन गर्छु भन्ने सन्देश दिएको पनि कोइरालाले बताए ।

    घरमा म्यासेज पठाएपछि अपहरणकारीले पीडितलाई बन्धक नै बनाएर राखेका थिए। कुटपिट गर्दै ३० घण्टा बन्धन बनाएका उनीहरूले फेरि घरमा क्यानाडा पुगेको सन्देश पठाउन लगाएर इमिग्रेसनले रोकेको खबर पठाउन लगाएका थिए। क्यानाडा पुगेको भन्ने खबरपछि पीडितको भाइले ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिराम पठाएका थिए। पैसा प्राप्त गरेपछि अपहरणकारीले उनलाई ट्याक्सीमा राखी पाकिस्तान फकर्नु भन्दै सिनामंगल सडकमा छाडेर फरारको कोइरालाले बताए।

    पीडितले पर्यटक प्रहरीमा दिएको निवेदनमा अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर काठमाडौंको टोलीले खोजतलास गरि आरोपी प्रक्राउ गरेको छ। गत पुस २८ गते उनीहरु बुढानिलकण्ठस्थित भाडाको घरबाटै प्रक्राउ परेका हुन्। प्रहरी परिसर काठमाडौंका प्रबक्ता दिनेशराज मैनालीका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिलाई अपहरण, शरीर बन्धक कसुरमा जिल्ल अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको मैनालीले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ