• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    चाउचाउ र अगरबत्ती बेचेर मात्रै निर्यातमा सुधार नहुने डा. वाग्लेको भनाई

    1.8K
    SHARES



    काठमाण्डाै। अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर देशकाे निर्यातमा सुधार नहुने बताएका छन् ।

    बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, साेयाबिन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिनेबताएका हुन् ।

    उनले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना भेन धेरै रहेको बताएका छन् । नेपाल रेमिट्यान्समा धेरै निर्भर भएको र यसलाई तत्काल हटाउन नसके पनि दीर्घकालीन योजना बनाउनुपर्ने उनको सुझाव छ ।

    अर्थविद् वाग्लेले सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताए । ५५ अर्ब अपेक्षा गर्दा पाँच अर्ब मात्रै राजस्व उठ्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।उनले नेपालमा चार लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने अवस्था रहेको उनको गुनासो छ ।

    उनके बाहलवाला कर्मचारीलाई तालिम दिएर राजस्व सङ्कलन नबढ्ने भन्दै कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) ‘हायर’ गरेर काम गर्ने हो भने राजस्व बढाउन सकिने बताएका छन्। कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच पुरानो भएको टिप्पणी छ ।

    उनले सीएहरूलाई कहाँ-कहाँ राजस्व चुहावट भएको छ थाहा हुने भन्दै यसले राजस्व बढाउन सहयोग पुग्ने पनि उनले बताए । सीएहरूलाई ‘हायर’ गरेर उनीहरूको क्षमता सदुपयोग गर्न सरकारसँग उनको आग्रह छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया