• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    आफ्नो सभामुखका उम्मेद्वारलाई मतदान गर्न कांग्रेसको ‘ह्विप’

    0.9K
    SHARES



    काठमाण्डाै। नेपाली कांग्रेसले सभामुख पदमा आफ्नो पार्टीका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

    भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धीकाे प्रस्ताव प्रस्तुत हुँदैछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ