• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    राष्ट्रपति पद मेरा लागि होइन, मैले बाहिर बसेर गर्नुपर्ने धेरै काम छन् : डा. सन्दुक रुइत

    4.7K
    SHARES


    काठमाण्डाै । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएकाे बताएका छन् ।

    बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा डा. रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् । उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने काम धेरै रहेको बताएका हुन् ।

    उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबर स्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरा लागि होइन । मैले आफ्नो लिमिटेशन र स्थान राम्रोसँग बुझेको छु ।’

    डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए । आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इसा अवार्डलाई हेरेको उनको भनाइ छ । सरकारले यो अवार्डलाई कसरी लिन्छ भन्नेबारेमा आफूले ध्यान दिइरहेको पनि उनले बताए ।

    उनले भने, ‘यस्तो खालको ग्लोबल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो । संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्ने कुरा थाहा भयो र नेपालीको आत्मसम्मान प्रतिष्ठालाई बचाउन धेरै ठूलो सहयोग गरेको छ ।

    यो जीवनकै कमाइ हो । यो जिन्दगीको तपस्याको फल हो । यही कुरा विदेशीले भन्दा नेपालीले दुई, तीन गुणा बढी मेहनत गर्नुपर्छ । राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु । हामीले नेपालका धेरै ठाउँमा आँखाको क्षेत्रमा पहुँच विस्तार गर्नुपर्छ ।’

    भर्खरै बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि डा. रुइतले आज पत्रकार सम्मेलन गरेका हुन् । इसा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाजहरु उठेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ