काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् ।
बुधबार (आज) संघीय संसद् सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
कांग्रेसले आजै न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो ।
यता, सत्ता गठबन्धन बाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराईसकेका छन् ।
प्रतिक्रिया