• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हुन्डी कारोबारको आरोपमा साढे २२ लाख रुपैयाँसहित २ जना पक्राउ

    2.3K
    SHARES



    पर्सा। प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा २२ लाख ५० हजार सहित २ जनालाई  वीरगन्ज बाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३४ वर्षीय विकास साह र वीरगन्ज-१८ इनरुवा मनियारीका १९ वर्षीय सुवास कुमार साह रहका छन् । उनीहरुलाई प्रहरीले मंगलबार दिउँसो साढे २ बजे वीरगन्ज-८ घण्टाघर क्षेत्रबाट पक्राउ गरेको हो ।

    अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले भारतीय नम्वर बीआर ०५ एई ९३४३ को स्कुटरमा दुई जना व्यक्तिरू शंकास्पद ठानेपछि स्कुटर रोकी चेक गर्ने क्रममा पछाडि बसेका सुवास कुमार साहले बोकेको झोलाबाट उक्त परिमाणमा नगद बरामद गरेको हो ।

    उनीहरुले बरामद नगदको स्रोत खुलाउन नसकेको हुँदा नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।

    प्रहरीले पुस १८ गते वीरगन्ज महानगरपालिका वडा नं १७ का १९ वर्षीय राजन कुमार साहलाई वीरगन्ज-२५ सिर्सियाबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । चालु आवमा प्रहरीले ७ जनालाई हुन्डी कारोबार गरेको आरोपमा पक्राउ गरेको छ । ती मध्ये १ भारतीय नागरिक रहेका छन् । पक्राउ परेकाहरुबाट ९५ लाख ९८ हजार ३ सय रुपैयाँ बरामद भएको छ ।

    गत आर्थिक वर्षभर प्रहरीले २२ जनालाई हुन्डी कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । ती मध्ये १० नेपाली र १२ भारतीय नागरिक थिए । उनीहरुको साथबाट १ करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ बरामद भएको थियो । यस्ता कारोबारीहरुले विभिन्न माध्यमबाट भारत पुगेको नेपाली रुपैयाँ बोकेर ल्याउने गर्दछन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया