काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बिहान पोलिट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेकी थिइन् ।
आजको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श र छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
पोलिटले प्रधानमन्त्री प्रचण्डलाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिएकि सचिवालयले जनाएको छ ।
प्रतिक्रिया