काठमाडौँ । सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनले सभामुखको उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका हितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा घिमिरेले उम्मेदवारी दिएका हुन् ।
देवराज झापा २ बाट निर्वाचित सांसद हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय तोकेको छ । त्यस्तै मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आज बुधवार बिहान मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख ईशरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उपसभामुख इशरले हिन्दी भाषामा शपथ लिएका थिए । शपथ ग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरूलगायतकाे सहभागिता रहेको थियो ।
प्रतिक्रिया