काठमाडौँ। भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ३५ लाख भन्दा बढीको समान धनुषा प्रहरीले बरामद गरेको छ । बरामद भएको सामान जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-२५ लोहनामा पर्ने सडकखण्डबाट ६ लाख ३६ हजार ३ सय बराबरको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
त्यस क्रममा प्रहरीले ज १ ह ४७८१ नम्बरको अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका -२५ का सन्तोष झा धनुषाको धनौजी गाउँपालिका-३ का जाहिर नदाफलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरीे जिल्लाको औरही गाँउपालिका-२ मा भारतबाट अवैध रुपमा भन्सार छली चोरी गरी बा.प.०२-०२७ च. ६५२२. नं.को पिकअप गाडीमा पापरलगायतका सर-सामान लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी जाँच गर्दा ती सामानहरुको आवश्यक बिल बिजक नभएकोले नियन्त्रणमा लिएको जनाइएको छ ।
पिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका- १६को ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ गाडी र पापरसहित गरी २५ लाख ६० हजार बराबरको सामान भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको उपरीक्षक क्षेत्रीले बताए ।
प्रतिक्रिया