• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोइला खानीको विरोध गर्दा जलवायु अभियन्ता थनबर्ग पक्राउ

    1.2K
    SHARES


    काठमाडौं । पश्चिम जर्मनीको एउटा गाउँमा कोइला खानीको विस्तारको विरोध गरिरहेकी स्विडेनी जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले उनी लगायत अन्य प्रदर्शनकारीलाई मंगलबार पक्राउ गरेको समाचार संस्था एपीले जनाएको छ । पक्राउपछि उनी जलवायु अभियन्ता भएको खुलेपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।

    यसअघि पनि पश्चिम जर्मनको नर्थ राइन-वेस्टफालियाका धेरै ठाउँमा खानी विस्तारको विरोधमा प्रदर्शन भएका थिए । प्रहरी हस्तक्षेपसहित खानी बिस्तार जारी राखेपछि ग्रेटासहितको टोली त्यहाँ पुगेको हो ।

    जर्मन समाचार एजेन्सी डीपीएका अनुसार प्रहरीले प्रदर्शनकारीलाई अवरोध रोक्न आग्रह गरेको थियो । प्रदर्शनकारीहरूले अनुरोध नमानेपछि पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले स्पष्ट पारेको छ ।

    प्रदर्शन बढेपछि प्रहरीले गाउँलेलाई नै हटाएर गाउँ सिल गर्दै खानी बिस्तारको काम गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ