जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिंदैछन् ।
आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए । पछि लोसपाले सामर्थन दिंदा उनलाई हाल ७२ सांसदको समर्थन रहेको छ ।
आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ७२ प्रदेश सांसदको समर्थन छ । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका २ सांसदको शपथ विवादको कारण रोकिएको छ ।
प्रतिक्रिया