काठमाण्डाै। भारतीय कलाकार खेसरीलाल यादव सहभागी सुनसरीको बर्जु गाउँपालिकामा-६ मा भएको बर्जु महोत्सवमा झडप भएको छ ।
झडपमा प्रहरीसहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएकाको अहिले उपचार भइरहेको छ ।
मेला आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।
गएको वर्ष पनि खेसरीलालको कार्यक्रम हेर्न आएका दर्शकबीच झडप हुँदा केही घाइते भएका थिए ।
प्रतिक्रिया