• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश समाचार

    नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना महोत्तरी बाट पक्राउ

    1.2K
    SHARES



    महोत्तरी। नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बर्दिबास नगरपालिका वडा ०४ स्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाइ लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।

    पक्राउ पर्नेमा महोत्तरी बर्दिबास-१४ बस्ने २२ वर्षीय निरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उपमहानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दिपक राउत छन् । पीडितकाअनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको बहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ ।

    उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिएका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ