काठमाडौँ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका सार्बजनिक गरे अनुसार प्रतिनिधि सभा सभामुख चयनका लागि आज मनोनयन दर्ता गरिदै छ ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुने भएको छ ।
मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ ।
प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि डाकिएको छ ।
प्रतिक्रिया