• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढलेपछि…

    814
    SHARES



    अर्घाखाँची। दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो भूकम्प आयो । भूकम्प आयो बचाउनु होस्, बचाउनु होस् ।

    टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिस भूकम्प आयो । घर आगो लाग्यो । गुहारगुहार भन्दै बाहिर निस्किए ।

    एकै छिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम आयो । घरमा लागेको आगोलाई निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरबाट बाहिर निकाल्यो ।

    साइरन बजाउँदै त्यसै बखत एम्बुलेन्स आए । च्यापिएको घरबाट निकालिएका घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पठाइयो । सोही समय दमकल पनि आयो । घरमा लागेको आगो निभायो ।

    सुरक्षाकर्मीको टोलीले घरमा च्यापिएका लत्ता कपडा, अन्नपात निकाले । घरमा रहेका सदस्यलाई घर पनि बनाइदिन्छाँै चिन्ता नगर्नु भनेर सहानुभूतिसमेत दिए ।

    यो दृश्य सन्धिखर्कको टुँडिखेलमा भूकम्प आउँदा हुन सक्ने अवस्था र क्षतिको विषयमा जिल्ला सुरक्षा समितिले देखाएको कृतिम अभ्यासको हो । भूकम्प आउँदा के कस्ता घटना हुन्छन् ।

    र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह आयोजनामा कृतिम अभ्यास गरिको थियो ।

    साँच्चिकै भूकम्प आएकोजस्तो देखिने दृश्यमा उपस्थित भएकालाई भूकम्पबाट बच्न सकिने उपायका बारेमा डेमो प्रदर्शन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

    भूकम्प जतिनै बेला पनि आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट कृतिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए । रासस

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया