• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद बरामद

    1.6K
    SHARES



    असदाबाद। अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताए ।

    गत महिनामा विभिन्न किसिमका हतियार ७०३ थान र एक हजार २ सय भन्दा बढी विभिन्न प्रकारका गोलीहरू कुनार प्रान्तका विभिन्न भागहरूबाट संकलन गरिएको रेज्वानले सिन्ह्वालाई बताएका छन् ।

    विभिन्न व्यक्तिहरूबाट हतियार र गोलाबारुद संकलन गरी सोमबार यहाँ सुरक्षा अधिकारीहरूलाई हस्तान्तरण गरिएको उनले बताए । अफगानिस्तानमा सुरक्षा स्थायित्व गर्ने प्रयासस्वरूप तालिबानद् प्रशासनले सुरक्षा निकाय सम्बद्ध व्यक्तिहरू बाहेक अरुबाट हतियार र गोलाबारुद संकलन गरिरहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया