काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शोक सन्देश पठाएका छन् ।
सन्देशमा राष्ट्रपति सीले चीन र चिनियाँ जनताको तर्फबाट दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।
सोमबार नै चिनियाँ प्रधानमन्त्री लि खस्याङले समकक्षी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शोक सन्देश पठाएका थिए ।
आइतबार यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा विमानमा रहेका ६८ यात्रुसहित चालक दलका ४ जनाको निधन भएको थियो ।
प्रतिक्रिया