• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश समाचार

    हात्ती आक्रमणबाट सुनसरीमा ६५ वर्षीय धनबहादुरको मृत्यु

    1K
    SHARES



    सुनसरी। हात्तीको आक्रमणबाट आज (मंगलबार) सुनसरीको बराहक्षेत्र नगरपालिका-५ सिमरवनका एक वृद्धको ज्यान गएको छ ।

    जंगलमा घाँस काट्न गएको बेला बराहक्षेत्र-५ सिमरवन बस्ने ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मिर्त्यु भएको हो ।

    रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    जंगलमा ५ वटा हात्ती घुमफिर गरिरहेको स्थानीय बासिन्दाले बताएका छन्। बराह क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ । १ महिना अघिमात्र सोही क्षेत्रमा १ हात्ती मृत भेटिएको थियो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ