• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १ लाख ४० हजार घुससहित इन्जिनियर साह पक्राउ

    1.2K
    SHARES



    सप्तरी। सप्तरीकाे शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित रंगेहात पक्राउ परेका छन् ।

    निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएकाे टाेलीले इन्जिनयर साहलाई पक्राउ गरेको हाे ।

    सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा साहलाई रकमसहित कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

    यस सम्बन्धमा अख्तियारको कार्यालय इटहरीले आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया