काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ ।
दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।
यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ। एकजनाको अवस्था अज्ञात छ ।
आज बिहानैबाट गोताखोरको टोलीले ४ वटा ड्रोनको प्रयोग गरेर खोजी गरिरहेको थियो ।
अहिले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको छ ।
प्रतिक्रिया