• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बाध्यताले नभइ चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्छु : मन्त्री अर्याल

    2.6K
    SHARES


    काठमाण्डौ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् ।

    मङ्गलवार श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपाली विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताएका हुन् । उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ’, उनले भने ।

    स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको मन्त्री अर्यालले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुनेउनको भनाइ छ ।

    ‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ’, उनले भने, ‘त्यसको निराकरणका लागि मैले काम गर्छु ।’ मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालले बताए । ‘बाध्यताले नभइ चाहेरमात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो’, उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ