• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    वर्षमान पुनलाई भेट्न प्रधानमन्त्री प्रचण्ड पुगे सुमेरु अस्पताल

    766
    SHARES


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् ।

    मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री प्रचण्ड ललितपुरस्थित सुमेरु अस्पताल पुगेर पूर्वअर्थमन्त्री तथा पार्टी उपमहासचिव पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    नेता पुनले स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गतेदेखी सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन् ।

    एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया