• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ६० वर्षमा पहिलो पटक घट्यो चीनको जनसङ्ख्या, यस्तो छ कारण

    1.1K
    SHARES



    चीन । चीनको जनसङ्ख्या विगत ६० वर्षमा पहिलो पटक घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार चीनमा प्रति हजार महिलामा जन्मदर ६.७७ मा झरेको छ ।

    सन् २०२२ मा चीनको जनसङ्ख्या १.४११८ अर्ब रहेको थियो । सन् २०२१ को तुलनामा यसमा ८ लाख ५० हजारको गिरावट आएको छ । चीनमा वर्षौँदेखि जन्मदर घट्दै गएकोले देशमा नीतिगत परिवर्तन गर्नुपरेको थियो ।

    जनसङ्ख्यामा नकारात्मक असर देखेर चीनले सात वर्षअघि ‘एक सन्तान नीति’ अन्त्य गरेको थियो । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार सन् २०२२ मा यहाँको जन्मदर ७.५२ मा झरेको थियो ।

    गत वर्ष चीनमा जन्मिनेभन्दा बढीको मृत्यु भएपछि गत वर्ष, चीनले १९७६ पछि सबैभन्दा उच्च मृत्यु दर रेकर्ड गर्‍यो, जुन प्रति एक हजार जनसङ्ख्यामा ७.३७ रहेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ