• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मतदाता नामावली दर्ता आजबाट सुरु

    877
    SHARES


    काठमाडौँ । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ ।

    निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले बताएको छन् ।

    निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताएका छन् ।

    यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।

    प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ